Kathmandu Press

यु-१९ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित, फाइनल पुग्ने झिनो आशा

काठमाडौं, पुस ४ : नेपाल बंगलादेशमा जारी यू–१९ महिला साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएको छ। प्रतियोगिताको फाइलन पुग्न बराबरी नै...
यु-१९ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित, फाइनल पुग्ने झिनो आशा

काठमाडौं, पुस ४ : नेपाल बंगलादेशमा जारी यू–१९ महिला साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएको छ। प्रतियोगिताको फाइलन पुग्न बराबरी नै पर्याप्त भएको खेलमा नेपाल भारतसँग १–०ले पराजित भयो।

यो पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना समाप्तजस्तै भएको छ। आजै हुने अन्तिम खेलमा श्रीलंकाले आयोजक बंगलादेशमाथि जित निकाल्न सकेमात्र नेपाल फाइनल पुग्नेछ । तर, यो सम्भावना एकदमै न्यून छ। किनभने श्रीलंका प्रतियोगिताकै सबैभन्दा कमजोर टिम हो भने बंगालादेश सबैभन्दा बलियो।

यता, नेपाललाई पराजित गरेसँगै भारत भने फाइनल प्रवेश गरेको छ। उसले ४ खेलमा ३ जित र १ हार बेहोरेको थियो। नेपालले भने २ जित, १ बराबरी र १ हारको सामाना गरेको थियो।

ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा भारतका लागि प्रियंका देवीले निर्णायक गोल गरिन्। उनले ६६औं मिनेटमा सुमती कुमारीले डिबक्सभित्र दिएको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन्।

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्