कांग्रेस खुला केन्द्रीय सदस्यमा शशांक २४४२ मतसहित अग्रस्थानमा, दाेस्राेमा साउद (सूचीसहित)
उदय शमशेर १ हजार ८ सय ८ मत पाएर चौथो स्थानमा रहँदा रमेश लेखक १ हजार ७ सय ८२ मतसहित पाँचाैं स्थानमा छन्।
काठमाडाैं, पुस ४ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
आज (आइतबार) साढे ३ बजेसम्म २ हजार ९ सय ९३ मतगणना भइसक्दा डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतसहित अग्रस्थानमा छन्। उनले मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका छन्।
१ हजार ८ सय ९६ मतसहित एनपी साउद दोस्रो स्थानमा रहँदा १ हजार ८ सय ५२ मतसहित बालकृष्ण खाँण तेस्रो स्थानमा छन्। उदय शमशेर १ हजार ८ सय ८ मत पाएर चौथो स्थानमा रहँदा रमेश लेखक १ हजार ७ सय ८२ मतसहित पाँचाैं स्थानमा छन्।
कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धीबाट ३५ जना चुनिनेछन्।


प्रकाशित मिति: १५:५८ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











