Kathmandu Press

टोखामा मतदाता नामावली संकलन कार्य सुरु

काठमाडौं, पुस ४ : टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ।काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर...
टोखामा मतदाता नामावली संकलन कार्य सुरु

काठमाडौं, पुस ४ : टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ।

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो। आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ।

Hardik ivf

नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए।

‘टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौं,’ उनले भने। नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली संकलन गर्ने जनाइएको छ।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्