Kathmandu Press

थकाली युवा परिवारको प्रथम राष्ट्रिय भेला पुस ७ देखि  ११ सम्म पाेखरामा

पोखरा, पुस ४ : थकाली युवा परिवार नेपालको प्रथम राष्ट्रिय भेला एवं व्यक्तित्व विकास प्रशिक्षण (इपिएस) पोखरामा हुने भएको छ।‘धर्म र संस्कृति हाम्रो...
थकाली युवा परिवारको प्रथम राष्ट्रिय भेला पुस ७ देखि  ११ सम्म पाेखरामा

पोखरा, पुस ४ : थकाली युवा परिवार नेपालको प्रथम राष्ट्रिय भेला एवं व्यक्तित्व विकास प्रशिक्षण (इपिएस) पोखरामा हुने भएको छ।

‘धर्म र संस्कृति हाम्रो परम्परा, संरक्षण संवर्धनमा युवाहरूको अभिभारा’ भन्ने नाराका साथ यही पुस ७ देखि  ११ गतेसम्म आयोजना गरिने आज (आइतबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

उक्त पाँच दिने भेला एवं इपिएस कार्यक्रममा देशका १९ वटा क्षेत्रका करिब ६० जनाको सहभागिता रहने संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले बताए। भेलाले थकाली समुदायबीच आपसमा भाइचारा बढाउनाका साथै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

अध्यक्ष शेरचनका अनुसार थकाली युवालाई आफ्नो धर्म, संस्कार, वेषभुषा, भाषा र परम्परा जगेर्ना गर्न उत्प्रेरित गराउने उद्देश्यले ‘थकाली युवा अवसर, चुनौती र सम्भावना’ विषयक बहससमेत आयोजना गरिनेछ।

थकालीको मूल थलो थासाङबाट अन्यत्र बसाइँसराइ गरी देशका विभिन्न १९ क्षेत्रमा र विदेशका तीन स्थानमा थकाली सेवा समिति नामकसंगठित संस्था गठन भएको सचिव विक्कल शेरचनले जानकारी दिए। 

पोखरा थकाली समुदायको सुरूवाती बसाइँ सरेको स्थान भएको र हाल मुस्ताङको मौसमसमेत प्रतिकुल रहेका कारण त्यहाँ भेला गर्न सम्भव नरहेकाले प्रथम भेला पोखरामा नै आयोजना गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

भेलाको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने कार्यक्रम छ।

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्