Kathmandu Press

सिरहामा दुई पक्षबीच छुरा हानाहान, एकको मृत्यु, एक घाइते 

सिरहा, पुस ४ : सिरहाको गोलबजार–६ मा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शनिबार राति पौने ८...
सिरहामा दुई पक्षबीच छुरा हानाहान, एकको मृत्यु, एक घाइते 

सिरहा, पुस ४ : सिरहाको गोलबजार–६ मा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। 

शनिबार राति पौने ८ बजे भएको झडपमा छुरा हानाहान भएको र २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

Hardik ivf

छुरा प्रहारबाट गम्भीर घाइते भएका सदलाई उपचारका लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो तर त्यहाँ पुर्‍याएलगत्तै चिकित्सकहरूले उनको मृत भइसकेको घोषणा गरेका थिए।‍

झडपमा परी गम्भीर घाइते भएका निकेश सदाको पनि उपचार भइरहेको प्रहरीको भनाइ छ। 

दुई पक्षका आधा दर्जनजति युवाबीच झडप भएको र झडपमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। झपड क कारणले भयो भन्ने अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ। 

यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेका छन्। सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: १३:१२ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्