Kathmandu Press

प्याब्सन भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर, पुस ४ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।प्याब्सन भक्तपुरको १५औं जिल्ला अधिवेशनले अध्यक्षका...
प्याब्सन भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर, पुस ४ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

प्याब्सन भक्तपुरको १५औं जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन्। 

वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित भएको पूर्वअध्यक्ष चन्द्र अधिकारीले जानकारी दिए।

यसैगरी सदस्यमा मीना महर्जन, सूर्य भण्डारी, लीलानाथ निरौला, खुला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा सानुराजा कार्की निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए।

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्