बुटवलमा ९ वर्षीय बालक चर्चभित्र मृत फेला
काठमाडौं, पुस ४ : बुटवलको एक चर्चमा ९ वर्षीय बालक मृत फेला परेका छन् । बुटवल महानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा नौ वर्षीय आरएस खड्गी...
काठमाडौं, पुस ४ : बुटवलको एक चर्चमा ९ वर्षीय बालक मृत फेला परेका छन् । बुटवल महानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा नौ वर्षीय आरएस खड्गी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ।
घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।
प्रकाशित मिति: १२:५१ बजे, आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
