Kathmandu Press

ओमिक्रोनका कारण नेदरल्याण्डमा लकडाउन, दुईजना भन्दा बढी भेला हुन नपाइने  

काठमाडौं, पुस ४ : ओमिक्रोन भेरियन्ट फैलिन नदिन नेदरल्याण्डमा आइतबारदेखि लकडाउन घोषणा भएको छ। प्रधानमन्त्री मार्क रुट्टेले शनिबार पत्रकार सम्मेलनमार्फत आजदेखि लकडाउनको घोषणा गरेका...
ओमिक्रोनका कारण नेदरल्याण्डमा लकडाउन, दुईजना भन्दा बढी भेला हुन नपाइने  

काठमाडौं, पुस ४ : ओमिक्रोन भेरियन्ट फैलिन नदिन नेदरल्याण्डमा आइतबारदेखि लकडाउन घोषणा भएको छ। प्रधानमन्त्री मार्क रुट्टेले शनिबार पत्रकार सम्मेलनमार्फत आजदेखि लकडाउनको घोषणा गरेका हुन्।

आजबाट जारी हुने लकडाउन जनावरी महिनाको १४ तारिखसम्म कायम रहने प्रधानमन्त्री रुट्टेले बताएका छन्। लकडाउन अवधिभ अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द हुने बताइएको छ। 

प्रधानमन्त्री रुट्टोले मुलुकमा सोँचेभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिएको र कोरोनाको पाँचौ लहरका कारण लकडाउन आवश्यक देखिएको बताएका थिए।

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् ।

त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् । जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ ।

यसबाहेक, अधिकांश  इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।
 

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्