Kathmandu Press

कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ : कृषिमन्त्री शाही

कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ : कृषिमन्त्री शाही
Hardik ivf

कर्णाली, पुस ४ : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताएका छन् । 

 ‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गीत, सङ्गीतका माध्यमबाट समाजमा सकरात्मक सन्देश गएको बताए।  ‘सप्तरङ्ग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ,’ उनले भने, ‘यसले मानव स्वास्थ्यमा सहयोग पुग्नेगरी भरपुर मनोरञ्जन पनि दिलाएको छ।’ 

संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोकदोहोरी गायक बद्री पङ्गेनी र पपगायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारको सहभागिता थियो। 

प्रकाशित मिति: १०:०६ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्