Kathmandu Press

बडीखेलमा शिवको ५५ फिट अग्लो मूर्ति बनाइँदै

ललितपुर, पुस ३ : गोदावरी नगरपालिका–४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ। विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको...
बडीखेलमा शिवको ५५ फिट अग्लो मूर्ति बनाइँदै

ललितपुर, पुस ३ : गोदावरी नगरपालिका–४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ। 

विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको सहभागितामा आज बडीखेलमा भएको छलफलमा सो मूर्ति स्थापना गर्ने निर्णय गरेको हो। बडीखेललाई धार्मिक तथा पर्यटकीय दृष्टिकोणले विकास गरिँदै लैजाने योजनानुरुप महादेवको मूर्ति स्थापना गर्न लागिएको वडाध्यक्ष मुकुन्दबहादुर पहरीले बताए।

उनले भने, ‘यस कामलाई नगरपालिकाभरिकै ठूलो राष्ट्रिय गौरवको योजनामा लान लागेका छौं। गोदावरीका वडामध्ये पिछडिएका क्षेत्रका रुपमा बडीखेल र यहाँका पहरी समुदाय रहेका हुँदा उनीहरुको जीवनस्थर उकास्नका लागि यसले निकै सहयोग गर्नेछ।’

Hardik ivf

सो स्थानमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन २०७४ सालमा आफूहरुले ‘तपेश्वर महादेव विकास तथा संरक्षण समिति’ गठन गरेर एकपटक सप्ताहसमेत लगाइसकिएको वडाध्यक्ष पहरीले जानकारी दिए। 

हाल यस मन्दिर क्षेत्रमा ट्रष्ट तथा सभाहलका साथै उद्यान र शौचालयसमेत निर्माण भइसकेको उनको भनाइ छ। ‘आउँदो आर्थिक वर्षमा रु ५६ करोडभित्र यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्नेछौं,’ उनले भने, ‘हालसम्म लगभग रु तीन करोडको काम सम्पन्न भइसक्यो तर यसमा हामीले रु। १ करोड ९० लाखको भुक्तानी लियौं।’

यसमा ललितपुर क्षेत्र १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले अपांगतामैत्री शौचालय निर्माणका लागि रु. १० लाख, नगरपालिका तथा वडाले रु.८० लाख र यहाँका प्रदेशसभा सदस्य लालकुमारी पुनले बाँकी रु. १ करोड सहयोग गर्नुभएको उनले जानकारी दिए। 

समितिका अध्यक्ष गौरव पहरीले सहरी विकास मन्त्रालयमार्फत पाएको रु २० लाखको काम हाल तपेश्वर क्षेत्रमा भइरहेको बताउँदै अब प्रदेशमार्फत आउने रु एक करोड र नगरपालिका र वडा कार्यालयबाट आउने रु ६० लाखको काम गर्ने बताए।

समितिका सचिव सन्तकुमार नगरकोटीले फाइबर ग्लासको सो मूर्ति ल्याउन नेपाल सरकारबाट रु. ५ करोड सहयोग प्राप्त भएको जानकारी दिए। बज्रवाराही सबडिभिजन वन कार्यालय गोदावरीका वनरक्षक गणेश बस्नेतले सो मूर्ति स्थापनाका लागि सामुदायिक वनका प्रतिनिधिका साथै वडावासीकोसमेत सल्लाह र सुझाव उपयुक्त हुने उल्लेख गरे। 

नेपाली कांग्रेस बडीखेल वडा कमिटी अध्यक्ष प्रदीप आचार्यले धार्मिक तथा पर्यटकीय विकासका लागि आफ्नो पार्टी सदैव सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विकासका नाममा हुने दूरगामी असरका बारेका ध्यान दिनाका साथै जलस्रोत र पर्यावरणलाई समेत मध्यनजर गरेर अघि बढ्न सुझाव दिए। समाजसेवी गोकुल पहरीले तपेश्वर धामले बडीखेलको पहिचानलाई थप अघि बढाउने बताए। 

मूर्ति स्थापनाका लागि माटो परीक्षण अनि आवश्यक विभिन्न काम गरिएको वडाध्यक्षले पहरीले जानकारी दिए। 

प्रकाशित मिति: १७:५० बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्