Kathmandu Press

काठमाडौंका ६ वटा वडा कार्यालय भवनको पुनर्निर्माण सम्पन्न

काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिकाले हालसम्ममा ६ वटा वडा कार्यालय भवन पुनर्निर्माण सम्पन्न गरेको छ।पुनर्निर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि...
काठमाडौंका ६ वटा वडा कार्यालय भवनको पुनर्निर्माण सम्पन्न

काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिकाले हालसम्ममा ६ वटा वडा कार्यालय भवन पुनर्निर्माण सम्पन्न गरेको छ।

पुनर्निर्माण सम्पन्न हुनेमा भूकम्पले क्षति भएका र केही यसअघि जीर्ण अवस्थामा रहेका वडा कार्यालय रहेको कामपाले जानकारी गराए। हालसम्म निर्माण कार्यसम्पन्न भएका वडा भवनमा ३, ४, ९, १४, १८ र २६ रहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। 

प्रवक्ता डंगोललका अनुसार हाल पुनःनिर्माणको चरण रहेका वडा भवन २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ रहेका छन्। त्यसैगरी वडा ५, ६, ७, १०, ११, १५, २३ र ३२ का भवन स्तरोन्नति गरिएको छ।

पछिल्लो समय निर्माण सम्पन्न गरिएका र निर्माणाधीन अवस्थामा रहेका भवन सबै नेपाली वास्तुकला झल्कने किसिमका छन्।  

त्यसैगरी कामपाकै समन्वयमा काष्ठमण्डप र कमल पोखरीको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।  हाल विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेका भूकम्पका कारण क्षति भएकामध्ये २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन्। केही तत्काल पुनःनिर्माण गर्ने तयारीमा छन्। 

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्