Kathmandu Press

मोफसलमा ‘ए’ डिभजिन लिग पुलिसमाथि मनाङको सहज जित

पोखरा, पुस ३ : पोखरा रंगशालालाई घरेलु मैदानमा बनाएको शनिबार पहिलो पटक घरेलु मैदानमा खेल्यो। यो मोफसलमा भएको ए डिभिजन लिगको पहिलो खेल हो।कप्तान...
मोफसलमा ‘ए’ डिभजिन लिग पुलिसमाथि मनाङको सहज जित

पोखरा, पुस ३ : पोखरा रंगशालालाई घरेलु मैदानमा बनाएको शनिबार पहिलो पटक घरेलु मैदानमा खेल्यो। यो मोफसलमा भएको ए डिभिजन लिगको पहिलो खेल हो।

कप्तान अञ्जन विष्ट उत्कृष्ट प्रदर्शन गरेपछि मनाङले घरेलु मैदानमा खेलेको पहिलो खेलमा सानदार जित निकाल्यो। शनिबार भएको खेलमा अञ्जनको दुई गोल मद्दतमा मनाङले विभागीय टिम नेपाल पुलिस क्लबमाथि ३–१को जित निकाल्यो।

यो जितसँगै मनाङ एएफसी कप छनोट खेल्ने सम्भावना बलियो बनाएको छ। लिगको सातौं चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्नेछ। ५ चरणको खेल सकिँदा मनाङ १३ अंकसहित शीर्ष स्थानमा छ। ११ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ। पुलिस भने ५ अंकसहित आठौं स्थानमा छ।

मनाङको जितमा अन्जनको दुई गोलसँगै निशान लिम्बूले पनि गोल गरे। यस्तै, पुलिसका सुमन लामाले एक गोल फर्काए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दै मनाङ विजयी भयो।

कप्तान अञ्जन विष्टले १० मिनेटमा गोल गर्दै टिमलाई अग्रता लियो । यो मोफसलमा लिगको पहिलो गोल हो। उनले दिनेश राजवंशीको लामो पासमा गोल गरेका थिए । ३५औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो। मनाङका डिफेन्डर सरोज योन्जन लामाले निरकुमार राईलाई फाउल गरेपछि प्राप् पेनाल्टीमा सुमनले सहजै गोल गरेका थिए।

पहिलो १–१ गोलको बराबरीमै सकियो। ७३औं मिनेटमा अञ्जनले नै मनाङलाई पुनः अग्रता दिलाए। अञ्जनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। त्यसपछि ८३औं मिनेटमा निशानले गोल गरेपछि मनाङ ३–१ले विजयी भयो।

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्