लिगमा जावलाखेलको पहिलो जित
काठमाडौं, पुस ३ : सहिद स्मारक ए डिभिजन जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ। पहिलो जित निकाल्ने क्रममा जावलाखेलले शनिबार भएको खेलमा च्यासल...
काठमाडौं, पुस ३ : सहिद स्मारक ए डिभिजन जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ। पहिलो जित निकाल्ने क्रममा जावलाखेलले शनिबार भएको खेलमा च्यासल युथ क्लबलाई १–० ले हरायो।
जावलाखेललाई पहिलो जित दिलाउने क्रममा विदेशी खेलाडी निकोलस फर्नान्डेजले निर्णायक गोल गरे। उनले ३७औं मिनेटमा च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओन्गोना जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गरेका थिए। जारी लिगमा जावलाखेलको नै पहिलो गोल हो।
दोस्रो हाफमा दुवै टोलीले अवसर पाए पनि गोल गर्न भने सफल रहेनन्। च्यासलका कर्ण लिम्बूले दुई सुनोलो अवसर खेरा फाले भने जावलाखेलका सुरज जिउ ठकुरीले पनि राम्रो मौका खेर फाले।
लिगमा समान ५ खेल खेलेका दुवै टिमले समान ४ अंक जोडेका छन्। जितपछि जावलाखेल च्यासल ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ।
च्यासलसंगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १०औं स्थानमा उक्लिएको छ च्यासल ११औं स्थानमा छ।











