Kathmandu Press

ट्याक्टर दुर्घटना हुँदा हेटौंडामा एकजनाको मृत्यु

हेटौंडा, पुस ३ : मकवानपुरको हेटौंडामा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।हेटौंडा उपमहानगरपालिका–८ को फारलाइनमा शुक्रबार राति ना७त १२९५ नम्बरको ट्याक्टर...
ट्याक्टर दुर्घटना हुँदा हेटौंडामा एकजनाको मृत्यु

हेटौंडा, पुस ३ : मकवानपुरको हेटौंडामा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका–८ को फारलाइनमा शुक्रबार राति ना७त १२९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा १५ निवासी सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौंडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालक हेटौंडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ। 

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्