Kathmandu Press

बर्दिबासका घनश्याम न्यौपानेको करेसाबारीमा केराको घरी आठ फिट लामो

बर्दिबास, पुस ३ : केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको...
बर्दिबासका घनश्याम न्यौपानेको करेसाबारीमा केराको घरी आठ फिट लामो

बर्दिबास, पुस ३ : केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामो छ। केराको घरीमा झन्डै ३० भन्दा बढी हाता देखिएका छन्।

२०७६ सालको हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो। प्राय केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्ने) भए पनि यो चै दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ।

घरीको माथिका हाता छुट्टिँदै गए पनि तलसम्मका हाता छुट्टिने र छिप्पिने क्रममा छ। बोट सामान्य मोटाइको भए पनि घरी भने निकै लामो भएपछि अहिले यो केरा हेर्न दिनहुँ मानिसहरू आउने गर्छन्।

कृषि प्राविधिकले भने यो घरी निकै लामो भए पनि माथिका १०/१२ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन्।

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्