Kathmandu Press

शिक्षासेवी महर्जनलाई मरणोपरान्त प्याब्सन गौरव सम्मान

भक्तपुर, पुस ३ : निजी तथा आवासीय माध्यामिक विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर शाखाले मरोणपरान्त शिक्षासेवी राजकुमार महर्जनलाई प्याब्सन गौरव सम्मान प्रदान गरेको छ। आज...
शिक्षासेवी महर्जनलाई मरणोपरान्त प्याब्सन गौरव सम्मान

भक्तपुर, पुस ३ : निजी तथा आवासीय माध्यामिक विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर शाखाले मरोणपरान्त शिक्षासेवी राजकुमार महर्जनलाई प्याब्सन गौरव सम्मान प्रदान गरेको छ। 

आज (शनिबार) आयोजित १५औं जिल्ला अधिवेशनमा प्याब्सनका केन्द्रीय बौद्धिक सल्लाहकार एवं भक्तपुर प्याब्सनका सल्लाहकार, तथा माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका प्रिन्सिपलको भूमिका निर्वाह गरेका उनलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो।
    
प्याब्सनका वरिष्ठ केन्द्रीय सल्लाहकार राजेश खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनुभएका प्रिन्सिपल महर्जनकी पत्नी मिना महर्जनलाई  उक्त सम्मान प्रदान गरे। उनले कोभिडको महामारीबाट क्षति व्यहोर्दै अगाडि बढेको निजी विद्यालय दक्ष जनशक्ति उत्पादनमा जस्तोसुकै संकटमा पनि सशक्त भएर जानुपर्नेमा जोड दिए। 

Hardik ivf

कार्यक्रममा प्याब्सनको भक्तपुर जिल्ला कार्यालयको तीन तले भवन निर्माणमा सहयोग गर्ने विद्यालय तथा दाताका साथै कोरोना संक्रमणको  महामारीमा राहत उपलब्ध गराउने विद्यालय एवं दातालाई सम्मान गरिएको थियो। त्यस्तै प्याब्सनअन्तर्गत विभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो। 
    
प्याब्सनका शाखा अध्यक्ष चन्द्र अधिकारी,केन्द्रीय प्याब्सनका उपाध्यक्ष दीपिका थापा, सल्लाहकार आशिष श्रेष्ठ, प्याब्सन वाग्मती प्रदेश उपाध्यक्ष निरु ढकाल, शाखाका सल्लाहकार भक्त राजभण्डारीलगायले विद्यालयले जस्तोसुकै सङ्कटमा पनि पढाइलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

आजको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ।

प्रकाशित मिति: १५:०० बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्