Kathmandu Press

हत्याको आरोपमा दमकबाट एक पक्राउ

झापा, पुस ३ : धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २०...
हत्याको आरोपमा दमकबाट एक पक्राउ

झापा, पुस ३ : धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Hardik ivf

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरेका थिए।  उनको उपचारका क्रममा बिएन्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको थियो। 

यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको धारिलो हतियार दाउ एक थान, झोला, कालो रंगको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:४० बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्