Kathmandu Press

हाललाई हटाइयो ६७ देशबाट नेपाल भित्रिनेले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था

काठमाडौं, पुस २ : विभिन्न ६७ देशबाट नेपाल भित्रिनेले अनिवार्य होटल क्वारेन्टिन बस्नुनपर्ने भएको छ।कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिने उद्देश्यले सरकारले ६७...
हाललाई हटाइयो ६७ देशबाट नेपाल भित्रिनेले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था

काठमाडौं, पुस २ : विभिन्न ६७ देशबाट नेपाल भित्रिनेले अनिवार्य होटल क्वारेन्टिन बस्नुनपर्ने भएको छ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिने उद्देश्यले सरकारले ६७ देशबाट नेपाल भित्रनेले अनिवार्य होटल क्वारेन्टिन बस्नुनपर्ने व्यवस्था गरेको थियो। हाललाई सो व्यवस्था सथगित गरिएको अध्यागमन विभागले जनाएको छ।

आज (शनिबार) विभागले् एक सूचना जारी गर्दै सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ। विभागले शुक्रबार जारी गरेको सूचनामा होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने र परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने उल्लेख थियो।

अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, माल्दिभ्सलगायत मुलुकबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने सूचनामा भनिएको थियो।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्