Kathmandu Press

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

सुर्खेत, पुस ३ : लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ। संघीय सरकारले वन क्षेत्रको जग्गा उपयोग...
सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

सुर्खेत, पुस ३ : लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ। संघीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो। 

संघीय मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारणलाइन आयोजनाको खम्बा तथा राइट अफ वे संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृत दिएको हो। प्रसारणलाइन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ। 

Hardik ivf

नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयले वीरेन्द्रनगरस्थित बुदबुदे सबस्टेशनबाट बाङ्गेसिमलसम्म निजी जग्गा पर्ने हुँदा स्थानीय सहमति आवश्यक रहेको जनाएको छ। यसअघि उक्त खण्डमा स्थानीयले अवरोध पु¥याउँदा सिद्धपाइला–गोठीकाँडा–फिनिकाँडा हुँदै बराहतालको बड्डीचौरसम्म लाइन विस्तार गर्नुपरेको थियो।

पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले वन क्षेत्रको समस्या सुल्झिएपछि पश्चिम सुर्खेतमा विद्युत् पु¥याउन सहज भएको बताए। प्रसारण लाइन विस्तारको टुङ्गो नलाग्दा पश्चिम सुर्खेतमा विद्युत्को पहुँच पुग्न सकेको थिएन।

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, पुस ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्