Kathmandu Press

डोटीको दिपायलस्थित  बेडगाउँ  ‘बालविवाहमुक्त गाउँ’ घोषणा

डोटी, पुस ३ : डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाउँलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ।गुड नेवर्स इन्टरनेसनल नेपालको सहयोग...
डोटीको दिपायलस्थित  बेडगाउँ  ‘बालविवाहमुक्त गाउँ’ घोषणा

डोटी, पुस ३ : डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाउँलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ।

गुड नेवर्स इन्टरनेसनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा  वडाध्यक्ष रामबहादुर खड्काले आज (शनिबार) आयोजित कार्यक्रममा उक्त गाउँलाई बालविवाह मुक्त टोल घोषणा गरेका हुन्।

उक्त वडा यसअघि जिल्लामा सबैभन्दा बढी बालविवाह हुने वडाका रुपमा परिचित थियो। अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी दिए।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी  सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकामा  अहिले ‘विहावारी २० वर्ष पारी’ नारालाई सार्थक बनाउन थालिएको छ। 

बालविवाह न्युनीकरणका लागि कार्यक्रम अघि बढाइरहेको  गुड नेवर्सका जिल्ला संयोजक रन्जित चौधरीले बताए। उनले भने, ‘सरकारको लक्षअनुसार हामी बालविवाह अन्त गर्न लागिपरेका छौं।’

यस कार्यका लागि  तीन वर्ष अघिदेखि ती दुबै संस्थाले संयुक्त रूपमा विद्यालय र समुदायमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्