Kathmandu Press

आगलागीमा परेर कालीकोटमा महिलाको मृत्यु

कालीकोट, पुस ३ : कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ। शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी...
आगलागीमा परेर कालीकोटमा महिलाको मृत्यु

कालीकोट, पुस ३ : कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ। 

शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज (शनिबार) बिहान उनको मृत्यु भएको हो।

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताए। 

शुुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते भएको उनले जानकारी दिए।

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्