Kathmandu Press

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, पीएसजी र रियल मड्रिड एउटै समूहमा

काठमाडौं, भदौ १३ : युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक गरेको छ। 

गएराति मोनाकोमा ....

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, पीएसजी र रियल मड्रिड एउटै समूहमा

काठमाडौं, भदौ १३ : युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक गरेको छ। 

गएराति मोनाकोमा आयोजित विशेष समारोहमा युईएफएले च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक गरेको हो। घोषित समूह चरणको ड्र अनुसार स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) एउटै समूहमा परेका छन्।

युईएफएले घोषणा गरेको ‘ड्र’ मा रियल र पीएसजी समूह ‘ए’ मा परेका छन्। समूह ‘ए’ मै क्लब वर्ग र गलातासारे पनि परेका छन्।
गत सिजनको उपविजेता टोटनह्याम र जर्मन महारथी वायर्न म्युनिख समूह ‘बी’मा परेका छन्। 

इटालियन च्याम्पियन युभेन्ट्स परेको समूह ‘डी’ मा एट्लेटिको मड्रिड, लिभरकुसेन र लोकमोटिभ मस्कोभा छन्।

गत सिजनको च्याम्पिन्यस लिग विजेता लिभरपुल इटालियन क्लब नापोलीसँगै समूह ‘इ’ मा परेको छ। सोही समूहमा साल्जबर्ग  र जेन्क रहेका छन्।

यस्तै, स्पेनिस क्लब बार्सिलोना समूह ‘एफ’ मा परेको छ । बार्सिलोनासँगै समूह ‘एफ’ मा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान परेका छन्।

इंग्लिश प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी सहज समूह ‘सी’ र चेल्सी समूह ‘एच’ मा परेका छन्।


 

प्रकाशित मिति: ०६:५७ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्