Kathmandu Press

खोप लगाएका वृद्धको कोरोना संक्रमणबाट मृत्यु

बैतडी, पुस ३ : कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका एक वृद्धको संक्रमणबाट मृत्यु भएको छ।बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ८५ वर्षीय पुरुषको गएराति मृत्यु...
खोप लगाएका वृद्धको कोरोना संक्रमणबाट मृत्यु

बैतडी, पुस ३ : कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका एक वृद्धको संक्रमणबाट मृत्यु भएको छ।

बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ८५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। उनले कोरोनाविरुद्धको खोप कोभिशिल्डको दुई डोज लगाएका थिए।

उनको गएराति साढे ९ उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। उनलाई बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना गरिएको थियो।

जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना गरिएका वृद्धको शरीरमा अक्सिजन लेभल ७५ प्रतिशतभन्दा कम रहेको थियो। खोप लगाएको भए पनि कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्याधिक इन्फेक्सनकाले मृत्यु भएको पन्तले जानकारी दिए।

योसँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। अहिले तीन जना मात्रै सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: ०८:३२ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्