Kathmandu Press

देशभर चिसो बढ्यो, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, पुस ३ : देशभर चिसो बढेको छ भने आज केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभान विभागले जनाएको छ।विभागको मौसम...
देशभर चिसो बढ्यो, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, पुस ३ : देशभर चिसो बढेको छ भने आज केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ। शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ।

तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३.३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

उच्च पहाडी तथा हिमाली अधिकांश जिल्लाहरुको  तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। देशैभर चिसो बढ्ने क्रम जारी नै रहेकोले यसबाट जोगिन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: ०८:१५ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्