काठमाडौंमा ट्याक्सी चालकमाथि चक्कु प्रहार
काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गरिएको छ।गएराति बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेको रोशी गाउँपलिका–२...
काठमाडौं, पुस ३ : काठमाडौं महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गरिएको छ।
गएराति बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामामाथि चक्कु प्रहार गरिएको हो। चक्कु प्रहारबाट उनी घाइते भएका छन्।
सोही ट्याक्सीमा सवार बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब चक्कु प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई प्रहरी टोलीले गएराति नै प्रक्रा िगरेको छ।
सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको हो। घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ।
घटनामा प्रयोग भएको चक्कुसहित उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। के कारणले चक्कु प्रहार गरेका हुन भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको मैनालीले बताए।












