Kathmandu Press

सर्वोच्चले भन्यो, ‘१० प्रतिशत सेवा शुल्क किन लिएको ?’

काठमाडौं, माघ १८ : होटल तथा रेष्टुराँले उपभोक्तासँग लिँदै आएको १० प्रतिशत सेवा शुल्कको किन लिएको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेक....

सर्वोच्चले भन्यो, ‘१० प्रतिशत सेवा शुल्क किन लिएको ?’

काठमाडौं, माघ १८ : होटल तथा रेष्टुराँले उपभोक्तासँग लिँदै आएको १० प्रतिशत सेवा शुल्कको किन लिएको भन्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

शुक्रबार सर्वोच्चले  सरकार, सञ्चालक र मजदुर सङ्गठनहरुलाई १० प्रतिशत सेवा शुल्क किन लिनु परेको भन्दै कारण देखाऊ आदेश जारी गरेको हो । 

सेवा शुल्क खारेजीको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले गत असोज २ गते रिट दायर गरेको थियो । उपभोक्ता मञ्चले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले के कारणले सेवा शुल्क लिएको हो भन्ने विषयमा जवाफ दिन आदेश गरेको हो । 

गत मंगलबार देखि नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले खारेजीको निर्णय गरेको छ । जसको विरुद्ध मजदुर संगठनहरुले माघ २२ देखि रेष्टुरेन्ट बन्दको घोषणा गरेका छन् ।

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, माघ १८, २०७५