Kathmandu Press

साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडाैं, पुस २ : बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले सानदार जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा नेपालले भुटानमाथि...
साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडाैं, पुस २ : बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले सानदार जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा नेपालले भुटानमाथि ४–०को सानदार जित निकाल्यो ।

५ टिम सहभागी प्रतियोगिताको ३ खेलमा दोस्रो जित निकालेसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।  पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपालले त्यसपछि श्रीलंकालाई ५–०ले हराएको थियो।

अंकतालिमा नेपाल र बंगलादेश समान सात अंक जोडेका छन् भने भारतले ६ अंक जोडेको छ । अन्तिम खेलमो नेपालले भारतसँग खेल्ने छ। यो खेलमा बरारबी गर्न सके नेपाल फाइनल पुग्ने छ।

भुटानविरुद्ध नेपाललाई जित दिलाउन मेनुका आलेमगरले  २ गोल गरिन् भने कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरे। नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गरेको थियो।

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाइन् । यस्तै, कुशुमले १८औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् भने २१औं मिनेटमा रजनीले गोल गरेपछि पहिलो हाफमा नेपालले ३–०को अग्रता लियो। ७२औं मिनेटमा मेनुकाले गोल गरेपछि नेपालले ४–०को जित निकाल्यो।

 

प्रकाशित मिति: २१:०० बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्