Kathmandu Press

आइटी शैक्षिक मेला, तीन हजार विद्यार्थी सहभागी

काठमाडाैं, पुस २ : ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सञ्चालन भएको व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेलामा तीन हजार विद्यार्थीको सहभागिता...
आइटी शैक्षिक मेला, तीन हजार विद्यार्थी सहभागी

काठमाडाैं, पुस २ : ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सञ्चालन भएको व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेलामा तीन हजार विद्यार्थीको सहभागिता रहेको छ।

मेलाको मुख्य आकर्षणको रुपमा विद्यार्थीले विषयगत जानकारी लिएका थिए। युनिभर्सल थट कन्सल्टको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको मेलामा तीस कलेज सहभागी रहेका र सहभागी कलेजले ५१ कक्ष राखेका थिए। उक्त मेला पल्स टु सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक प्रकाश ढकालले जानकारी दिए।

Hardik ivf

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको उक्त मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिईलगायत शैक्षिक विषयमा विषयगत मनोविमर्शसमेत दिइएको थियो।  

यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयको नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिममञ्चल विश्वविद्यालयका पाँचसहित अन्य केही सहभागी रहेका थिए। नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तरराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले मेलामार्फत जानकारी गराएको छ।

प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्