Kathmandu Press

‘एक्काइसौँ सताब्दी डाटा पूँजीवादको’

धादिङ, पुस २ : नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक्काइसौँ सताब्दी डाटा पूँजीवादले मानिसका निजी अनुभव बेचिरहेको बताएका छन्।प्रेस चौतारी नेपालको नवौँ अधिवेशनको...
‘एक्काइसौँ सताब्दी डाटा पूँजीवादको’

धादिङ, पुस २ : नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक्काइसौँ सताब्दी डाटा पूँजीवादले मानिसका निजी अनुभव बेचिरहेको बताएका छन्।

प्रेस चौतारी नेपालको नवौँ अधिवेशनको उद्घाटन गर्दै १९औँ सताब्दीमा श्रमको किनबेच, २०औँ सताब्दी वित्तिय पूँजीवादले गाँजेको र अब डाटा बेचेर अर्बौ कमाउने समय आएको उल्लेख गर्दै उहाँले समयअनुसार चल्न नसके राजनीतिक नेता र पत्रकारसमेत समस्यामा पर्ने बताए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले वैज्ञानिक समाजवादका लागि निःशुल्क शिक्षा, निःशुल्क उपचार, सबैलाई घर, वृद्धको सामाजिक सुरक्षा र कृषिमा वैज्ञानिकिकरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा एमाले लेखा आयोगमा अध्यक्ष डा पुष्प कँडेलले सम्बन्धविच्छेद गरेर पार्टीबाट गएकाले हरेक दिन यही पार्टीको चिन्ता गरिरहेको बताए। पार्टीमा आउने नेतृत्वलाई मार्केट करेक्सनअनुसार आएकाले यसलाई स्वीकर गर्दै आगामी नेतृत्वले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेमा जोड दिए। एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले गठबन्धनको बागमति प्रदेश सररकारमा सात मन्त्री हुनुपर्नेमा १४ मन्त्री बनाएकामा आपत्ति जनाए।

एमाले केन्द्रीय सदस्य जानुका सिम्खडा, केन्द्रीय लेखा आयोगमा सदस्य मिनराज कँडेल, प्रेस चौतारी नेपालका केन्दीय उपाध्यक्ष गणेश पाण्डे, प्रेस चौतारी धादिङका इन्चार्ज रामेश्वर कार्की, प्रेस युनियन बागमति प्रदेशका संयोजक डा मुरारी अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्