Kathmandu Press

मेसी उत्कृष्ट फरवार्ड घोषित

काठमाडौं, भदौ १३ : बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेसी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन्।

गएराति मोनाकोमा आय....

मेसी उत्कृष्ट फरवार्ड घोषित

काठमाडौं, भदौ १३ : बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेसी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन्।

गएराति मोनाकोमा आयोजित समारोहमा युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले मेसीलाई फरवार्ड अफ दि सिजन घोषणा गरेको हो। 

युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा मेसी फरवार्ड अफ दि सिजन घोषित भएका हुन्।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेका मेसीले बार्सिलानालाई ला लिगा जिताएका थिए। गत सिजन मेसीले सबै खाले खेलमा ५५ गोल गरेका थिए। मेसीले गत सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक गोल पनि गरेका थिए।
 

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, भदौ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्