Kathmandu Press

‘क्यानभासमा हनुमानढोका प्रतिबिम्ब’

काठमाडाैं, पुस २ : हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आफ्नो ११औँ स्थापना दिवसको अवसरमा ‘क्यानभासमा हनुमानढोका प्रतिबिम्ब’ कला कार्यशाला आयोजना गरेको छ।यहाँको सांस्कृतिक...
‘क्यानभासमा हनुमानढोका प्रतिबिम्ब’

काठमाडाैं, पुस २ : हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आफ्नो ११औँ स्थापना दिवसको अवसरमा ‘क्यानभासमा हनुमानढोका प्रतिबिम्ब’ कला कार्यशाला आयोजना गरेको छ।

यहाँको सांस्कृतिक महत्व झल्किने गरी चित्रकला कार्यशाला आयोजना गरिएको समितिले जनाएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पुरातात्विक क्षेत्रमा यसैगरी चित्रकला कार्यशाला गर्न सकिए यसको महत्व बढेर जाने बताए। उनले विभिन्न विधागत विषयमा सङ्ग्रहालय भए जस्तै आधुनिक चित्रकलाको पनि सङ्ग्रहालय हुनु पर्नेमा जोड दिए।

सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले सङ्ग्रहालय नेपाली मूर्त र अमूर्त कलाको जर्गेर्ना गर्न लागिपरेको तथा कार्यशालामा सिर्जना भएका चित्रहरु सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको प्रदर्शनी ग्यालरीमा राखिने जानकारी दिए।

कार्यक्रम संयोजक कलाकार दिवेश प्रधानले विगत तीन वर्षदेखि सञ्चालन भैरहेको चित्रकला कार्यशाला अभियान र विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालयभित्र कार्यशाला सञ्चालन गर्नुको उद्देश्यबारे जानकारी दिएका थिए।

कार्यशालामा कुलपति कर्माचाय, पूर्व कुलपति किरण मानन्धर, वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य, जीवन राजोपाध्याय, गोविन्द डङ्गोल, राकेशचन्द्र श्रेष्ठ, दिपेन्द्रमान बनेपाली, दिवेश प्रधान, राजेन्द्र याकमी, उत्तम डङ्गोल, झलक केसी, प्रकाश मानन्धर, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, हरि प्रजापति, जुजु काजी बासँ श्रेष्ठ, राजमान महर्जन, राधेश्याम कर्माचार्य, सूर्यराम सुवाल, चन्द्रा श्रेष्ठ, लक्ष्मीप्रसाद खोटेजा, रुविन बादे, उज्जव श्रेष्ठलगायतले भाग लिएका थिए।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्