Kathmandu Press

‘सभामुखले गल्ती सच्याए वा राजीनामा दिए मात्र संसदमा जारी अवरोध हट्छ’

काठमाडौं, पुस २ : नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाले गल्ती सच्याए वा राजीनामा दिए मात्र संसदमा जारी अवरोध हट्ने बताएका्े छ।आज (शुक्रबार) पार्टी...
‘सभामुखले गल्ती सच्याए वा राजीनामा दिए मात्र संसदमा जारी अवरोध हट्छ’

काठमाडौं, पुस २ : नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटाले गल्ती सच्याए वा राजीनामा दिए मात्र संसदमा जारी अवरोध हट्ने बताएका्े छ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले एमालेले कारबाही गरेका र एमाले छोडेर गएका १४ सांसदहरूलाई कारबाही गर्नुपर्ने माग राखिएकोमा सभामुखले चासो नदिएको आरोप लगाउँदै सभामुखले सो गल्ती सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गरेका हुन्। पोखरेलले सांसदमा जारी अवरोध हटाउन सत्तापक्षले भूमिका खेल्न नसकेको पनि बताए। 

एमालेले कारबाही गर्नुपर्ने भनिएका १४ सांसद पहिले एमालेमा रहे पनि हाल नेकपा (एकीकृत समाजवादी) भइसकेका छन्। 

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्