Kathmandu Press

संसद सञ्चालनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठकको तयारी  

काठमाडौं, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढंगले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग...
संसद सञ्चालनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठकको तयारी  

काठमाडौं, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढंगले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन्। 

आज (शुक्रबार) सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा प्रधानमन्त्री देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए। 

Hardik ivf

सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु. ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ।

सर्वदलीय बैठकबारे सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आजै प्रधानमन्त्रीले भेट्दै छन् भने अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने तयारीमा प्रधानमन्त्री रहेका हुन्। 

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्