Kathmandu Press

एसएसपी मैनालीलाई दिइयो विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी मैनालीलाई दिइयो विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं, पुस २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीले पाएका छन्।

गृह मन्त्रालयले आज (शुक्रबार) विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी उनलाई दिएको हो। मैनाली युनएन मिसनबाट फर्किएपछि प्रहरी प्रधान कार्यालयमै थिए। 

यसअघि विमानस्थलको प्रहरी प्रमुख रहेका एसएसपी राजेशनाथ बाँस्तोला पारिवारिक कामका लागि बिदामा बसेको जनाइएको छ। उनलाई अहिले कुनै जिम्मेवारी दिइएको छैन।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्