सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढ्यो
काठमाडाैं, भदाै १२ : पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।
नेपाल सुन....

काठमाडाैं, भदाै १२ : पछिल्लो डेढ महीनादेखि निकै उतारचढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्यमा ८०० रूपैयाँले वृद्धि भई प्रतितोला ७३ हजार ४०० रूपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ७२ हजार ६०० रूपैयाँमा कारोवार भएको थियो। सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रूपैयाँका दरले बढेको छ। तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० रूपैयाँ कायम भएको छ। यसअघि तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार ३०० रूपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला ८९५ रूपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ८८० रुपैयाँमा खरीद बिक्री भएको थियो।
गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो। गत साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको थियो। भदौ महीना लागेपछि पनि सुनको मूल्य लगातार बढिरहेको छ।
साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ मा कारोवार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्नेक्रम रोकिएको छैन। विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५४२.७५ अमेरिकी डलर पुगेको छ।










-1754206481.jpg)
