Kathmandu Press

ललितपुरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

ललितपुर, पुस २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी...
ललितपुरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

ललितपुर, पुस २ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताएकी छन्। 

महानगरपालिकाको ‘१०३ औं स्थापना दिवस’ का अवसरमा उनले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताइन्।

Hardik ivf

मन्त्री भुसालले भनिन्, ‘महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ। यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमुना नगर हुनेछ।’ महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उनले जोड दिए। 

ललितपुर–३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताए। 

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले महानगरमा रहेका कूल जनसङ्ख्यामध्ये ८२ प्रतिशतलाई  कोरोनाको खोप उपलब्ध गराइएको उल्लेख गरे। 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराए। उनले महानगरभित्र प्रशस्तै मात्रामा मठमन्दिर २०७२ सालको भूकम्पले जीर्ण बनाएकोमा धेरैजसो पुनर्निर्माण गर्न सफल भएको बताए। 

कार्यक्रममा महानगरपालिकामा  २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै  वडाका एक–एक परिवारलाई रु १ लाख २० हजार सहयोग र ‘ए’ डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई २० लाख प्रदान गरिएको थियो। 

महानगरमा  सफाइलगायत कार्य गर्न १९७५ मा छेमडोल अड्डा स्थापित भएकामा २००९ सालमा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायत २०४७ मा पुनःललितपुर नगरपालिका, २०५२ मा उपमहानगरपालिका भएर यससँग जोडिएका अन्य १० वडालाई  मिलाएर २०७३ चैत १० गते महानगरपालिका घोषणा गरिएको जानकारी गराइएको थियो। हाल यस महानगरमा २९ वडा छन्। 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्