Kathmandu Press

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा.कोइराला

काठमाडाैं, पुस २ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औं महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन्।प्रधानमन्त्री एवं...
कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा.कोइराला

काठमाडाैं, पुस २ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औं महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन्।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औं महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली जनताको घरदैलोमा पुर्‍याएको बताए। ‘पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो,’ उनले भने। 

पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको कोइरालाको भनाइ थियो। निर्वाचनमा पराजित भए पनि राजनीतिमा भने जितेको उनले बताए।

नेता कोइरालाले ४० प्रतिशत प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू अविचलित रहने उल्लेख गर्दै पार्टीलाई रुपान्तरण र नयाँ ढंगले सञ्चालन गर्न आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गरे।

सभापतिमा पुनः निर्वाचित देउवालाई उनले बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे। 

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्