Kathmandu Press

‘ए’ डिभिजन लिग : सातदोबाटोसँग रोकियो आर्मी

काठमाडौं, पुस २ : सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलले बराबरी खेलेका छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ...
‘ए’ डिभिजन लिग : सातदोबाटोसँग रोकियो आर्मी

काठमाडौं, पुस २ : सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलले बराबरी खेलेका छ। 

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा आर्मीले सातदोबाटोसँग १–१ गोलको बराबरी खेलेको हो।

खेलमा आर्मीका लागि सन्तोष तामाङले गोल गरेका थिए भने सातदोबाटोका अजयी मार्टिन्सले गोल गरेका थिए। खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

आर्मीले ११औं मिनेटमा अग्रता लियो। कप्तान जर्जप्रिन्स कार्कीले डिबक्सभित्रैबाट ल्फिक गर्दै दिएको पासमा सन्तोष तामाङले गोल गरेका थिए। १६औं मिनेटमै सातदोबाटोले बराबरी गोल फर्कायो। उसका अजयी मार्टिन्सले गोलकिपर अभिषेक बरालाको लामो पासलाई सदुपयो गर्दै भली मार्फत गोल गरेका थिए।

त्यसपछि पनि दुवै टिमको गोल अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल बरारबीमा सकियो। यो बराबरीपछि आर्मी ९ अंक जोड्दै तेस्रो  स्थानमा छ भने सातदोबाटो ८ अंकसहित चौथो स्थानमा छ।

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्