Kathmandu Press

विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिनेछ : एमाले महासचिव

काठमाडाैं, पुस २ : एमाले महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन्।सो पार्टीको दशौँ राष्ट्रिय...
विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिनेछ : एमाले महासचिव

काठमाडाैं, पुस २ : एमाले महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन्।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा रहेको देशभक्त र समृद्धिका पक्षधरलााई एमालेमा एकता र प्रवेश गराउने अभियान सञ्चालन गर्ने जानकारी दिए।

Hardik ivf

सामाजिक न्याय र लोककल्याणकारी कार्यक्रमसहित पूर्वाधार विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गराउने क्रममा एमाले नेतृत्वको अघिल्लो सरकारले उल्लेखनीय काम गरेको बताए। महासचिव पोखरेलले महाधिवेशनका निर्वाचनका क्रममा विद्युतीय भोटिङ मेसिनको प्रयोग छिटोछरितोरुपमा परिणाम आएको र यो अभ्यास अन्य पार्टीका लागि सिकाइ हुन सक्ने बताए।

महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पहिलो पटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका थिए। गत मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो।

दोस्रो बैठकले ४४ जनालाई मनोनयन गरेको थियो । अपानिमा तीन बैठकमा निर्णय समावेश गरिएको छ। दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताहरुको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसंगठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो।

प्रकाशित मिति: १५:२६ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्