Kathmandu Press

एमाले कार्यालय सचिव अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं, पुस २ एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन्।उनले पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहण गरेका...
एमाले कार्यालय सचिव अधिकारीले गरे पदभार ग्रहण

काठमाडौं, पुस २ : एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन्।

उनले पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहण गरेका हुन्। उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङलगायतले स्वागत गरे। 

डा. अधिकारीलाई गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो। यसअघि शेरबहादुर तामाङ केन्द्रीय कार्यालय सचिवका रूपमा थिए।

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्