Kathmandu Press

दुई पालिका जोड्ने मितेरी पुल शिलान्यास

दुई पालिका जोड्ने मितेरी पुल शिलान्यास

तनहुँ, पुस २ : तनहुँका दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ ।  जिल्लाको म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने म्याग्दे खोलामा मितेरी पक्की पुल बिहिबार शिलान्यास गरिएको हो । 

पुल निर्माणका लागि करसहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा ठेक्का सम्झौता भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। 

Hardik ivf

सम्झौताअनुसार गाउँपालिका र नगरपालिकाले समान रु ७० लाख २१ हजार ५७२ लगानी गर्ने गरी पुल निर्माण गर्न लागिएको उनले जानकारी दिए।  आगामी २०७९ मङ्सिर ५ गते निर्माण सक्ने गरी गत असोज ४ गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालिले जनाएको छ । 

गुणस्तरीय काम गर्न र समयमै सक्न दुवै पालिकाका प्राविधिक टोली, जनप्रतिनिधि र वडावासीलाई सक्रिय हुन आग्रह गरिएको छ । पुलको काम अघि बढाउन नगरपालिकाले रु ५० लाख बुझाइसकेको छ । नगर प्रमुख किशान गुरुङ र गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्तरूपमा पुल शिलान्यास गरेका थिए। 

प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, पुस २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्