Kathmandu Press

यती एयरले भरतपुर-पोखरा उडान गर्ने

चितवन, भदाै १२ : यती एयरलायन्सले भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ। 

दैनिक पोखराबाट भरतपुर....

यती एयरले भरतपुर-पोखरा उडान गर्ने
फाइल

चितवन, भदाै १२ : यती एयरलायन्सले भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ। 

दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो। एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ। यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा–भरतपुर उडान गरिने उहाँले जानकारी दिए। 

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो। पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो। एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिए। 

भरतपुर–पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ। सो एयरलायन्सले एकतर्फी भाडा तीन हजार ८०० लिने गरेको छ। यती एयरलायन्सले हाल भरतपुर–काठमाडौं दैनिक चार वटा उडान भर्दै आएको छ। 

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, भदौ १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्