Kathmandu Press

पासोमा परेको चितुवाको उद्धार

पाल्पा, पुस २ : तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको चितुवाको उद्धार गरिएको छ।खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको पोथी चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको...
पासोमा परेको चितुवाको उद्धार

पाल्पा, पुस २ : तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको चितुवाको उद्धार गरिएको छ।

खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको पोथी चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो। चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए।

चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।

निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी बयस्क चितुवाको उद्धार गरिएको पाल्पाका रेन्जर पोखरेलले बताए। उद्धारकार्यमा सहायक वन अधिकृत सिद्धान्त बराल र सवारी चालक लक्ष्मण घिमिरेले चितुवाको उद्धारकार्यको नेतृत्व गरेका थिए।

प्रहरी चौकी प्रभास तानसेन–८ का वडाध्यक्ष रामप्रसाद घिमिरे, स्थानीय बासिन्दा केशव कार्की, सन्तोष राना, रुपेश रोका, विक्रम श्रेष्ठ, लोकबहादुर चिदी, सन्दीप विष्ट, रोशन रानालगायतको सक्रियताले उद्धारकार्य सफल भएको थियो।

चितुवा नजिकै फलामको पासो भेटिएपछि वन कार्यालय निगरानी थालेको छ। उद्धार गरिएको चितुवालाई रुपन्देही जिल्लाको शङ्कनगरको बाटिकामा लगिने तयारी भइरहेको वन कार्यालय जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्