Kathmandu Press

विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउँछौं : स्वास्थ्यमन्त्री

काठमाडौं, पुस २ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन्।चावहिलमा रहेको मनास्लु...
विद्यालय र कलेजमै कोरोना विरुद्धको खोप लगाउँछौं : स्वास्थ्यमन्त्री

काठमाडौं, पुस २ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन्।

चावहिलमा रहेको मनास्लु वल्र्ड कलेजमा आयोजित कार्यक्रममा उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने तयारी भइरहेको बताए।

मन्त्री खतिवडाले विद्यार्थीलाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए। उनले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह गरे।

कलेजका अध्यक्ष गेहेन्द्र लामाले कितावी ज्ञानसँगै कलेजले सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको बताए। कलेजका प्राचार्य राजन श्रेष्ठले विद्यार्थीलाई चाहिने उपयुक्त वातावरणका लागि भौतिक पूर्वाधार र निर्माणमा विशेष चासो देखाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए।

प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्