Kathmandu Press

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल 

साथीमार्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल 

काठमाडौं, पुस १ : २०७७ भदौ ३० गते पहिलो आउटलेट सुरुवात भएको नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथीमार्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् ।

बिहिबार राजधानीना आयोजित एक कार्यक्रममा हमालले मार्टसँगको अवद्दतामा हस्ताक्षर गरेका हुन् । काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै साथीमार्ट सुरुवातको १६ महिनामा सातै प्रदेशका सहरमा  ७ दर्जन बढी आउटलेट सन्चालन गर्दै काकरभित्ता देखि दार्चुला अनि जिरी देखि ढल्केबर पुग्न सफल भएको छ ।

Hardik ivf

बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । जस अन्तर्गत साथी प्रडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तीस प्रतिसत सम्म आम्दानी गर्न सकिन्छ ।

साथीमार्टको आधिकारिक वेबसाइट www.saathimart.com मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गर्न सकिन्छ। हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा साथीमार्टको मोबाइल एप उपलब्ध छ भने छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने साथीमार्टका सँस्थापक सिइओ पोख्रेल बताउँछन् ।

साथीमार्ट प्रशासन सबै मार्टमा यस आर्थिक बर्षमा ३०० प्रतिशत सम्मको बिक्री बढाउने योजनामा रहेको छ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुबिधा र अन्लाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ । मार्टमा सामान महँगो होला भन्ने अवधारणा हटाउदै ग्राहक आधार बलियो बनाउन साथीमार्ट सफल भएको छ ।

साथै मार्टले हालका लागि फ्रान्चाइज शुल्क र रोयल्टी नलिने रणनीति लिइ व्यापार बिस्तारमा जोड दिएको छ । त्यस्तै आउटलेटमा मेड इन नेपाल कलेक्सनलाई जोड दिइएको छ ।

पुराना एकल पसलको युग बिश्वब्यापी रुपमानै समाप्त हुँदै गएको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने भएको र नेपालमा पनि ९० प्रतिशत भन्दा बढी ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले बिश्वास लिएको छ। साथीमार्टको यसै बर्ष थप २ सय र ३ बर्षमा नेपाल भर हजार आउटलेट खोल्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २१:०७ बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्