Kathmandu Press

दलित सहमहामन्त्रीमा परियारको अग्रता, महिलामा डिना अगाडी

काठमाडौं, पुस १ : महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको लागि  मतगणना सुरू भएको छ।दलित सहमहामन्त्रीतर्फ अहिलेसम्म ३०० मत मात्रै गनेको...
दलित सहमहामन्त्रीमा परियारको अग्रता, महिलामा डिना अगाडी

काठमाडौं, पुस १ : महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको लागि  मतगणना सुरू भएको छ।

दलित सहमहामन्त्रीतर्फ अहिलेसम्म ३०० मत मात्रै गनेको छ। जीवन परियारले १५४ ल्याएका छन्। उनलाई मानबहादुर विश्वकर्माले १३० मतले पछ्याइरहेका छन्।  गंगा सुनारले भने १८ मत ल्याएकी छन्।

दलितमा कोइराला प्यानलबाट जीवन परियार, देउवा पक्षबाट मानबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् भने  गंगा सुनारले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन्।

यस्तै, कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना ले अग्रता लिएकी छन् । एक हजार मत गणना हुँदा डिनाले ५३७ मत ल्याएकी छिन् ।

उनकी प्रतिद्वन्द्वी कमला पन्तले ४५७ मत ल्याएकी छन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

प्रकाशित मिति: १९:५८ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्