Kathmandu Press

‘व्यवसायीबीच एकता हुनुपर्छ’

‘व्यवसायीबीच एकता हुनुपर्छ’

तुलसीपुर, पुस १ : राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले व्यवसायीबीच एकता आवश्यक रहेको बताएका छन्। तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा आजदेखि तुलसीपुरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले हरेक कार्य गर्दा उद्योगी, व्यवसायीबीच एकता हुन आवश्यक रहेको बताए।

अहिले हरेक सामाजिक  सङ्घसंस्थामा पनि राजनीति देखा पर्ने भन्दै यसले विकृति मौलाएको उनको भनाइ थियो। उनले भाषणभन्दा पनि काममा ध्यान दिन नेतालाई आग्रह गरे। 'राजनीतिमा ईमान भएन भने त्यसको कुनै काम हुँदैन, हामीले जे बोल्छौं, त्यो गर्नुपर्छ,' उनले भने, 'त्यो गरेमा मात्रै जनताले स्वीकार गर्छन्।'

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्