सवारी दुर्घटनामा परी मृत्यु
काठमाडौं, पुस १ : भंगहा नगरपालिका ६ जमुनियास्थित सडकमा ना. १७ प ७०८२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा...
काठमाडौं, पुस १ : भंगहा नगरपालिका ६ जमुनियास्थित सडकमा ना. १७ प ७०८२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय मुवारक अंसारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश चौधरी सामान्य घाइते भएका छन् ।
यसैगरी महोत्तरी सम्सी गाउँपालिका–१ स्थित सडकमा बिआर ३० पि ६९८२ नम्बरको स्कारपियो र बा.२४ प ७७२४ नम्बरको मोटरसाइकल बुधबार साँझ आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला नगरपालिका ८ बस्ने १७ वर्षीय अंन्जित आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी रामगोपालपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका गौशाखा नगरपालिका ८ बस्ने २२ वर्षीय अमर आलेको जानकी एकेडेमी रामगोपालपुरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












