Kathmandu Press

आम जनताको आवाज उठाउने र नीति निर्माण गर्ने थलो संसद् हो : नेता खनाल

काठमाडाैं, पुस १ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले...
आम जनताको आवाज उठाउने र नीति निर्माण गर्ने थलो संसद् हो : नेता खनाल

काठमाडाैं, पुस १ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुने बताएका छन्। पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पुर्‍याइरहेको बताए।

पूर्वप्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा त्यसलाई सम्हाल्न नसकेको एमालेले पुनः बहुमत ल्याउने भ्रम फैलाइरहेको बताए।

Hardik ivf

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै उनले बहुसङ्ख्यक जनतालाई न्यायोचितरूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताए।

काठमाडाैं कमिटी इन्चार्ज वसन्त मानन्धरले पार्टीका नीति तथा कार्यक्रमलाई प्रसार सामग्रीका माध्यमबाट प्रत्येक जनताको घरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। ऊर्जा तथा सिँचाइसमेतमन्त्री रहेका मानन्धरले सञ्चारमैत्री कार्यक्रम बनाएर राजनीतिक अभियान सञ्चालन गरी प्रचार क्षेत्रलाई प्रभावकारीकारी परिचालन गरिने बताए। यही मङ्सिर २९ देखि आजसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डे, पार्टीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाललगायतले प्रशिक्षण दिएका थिए।

प्रकाशित मिति: १८:२५ बजे, बिहीबार, पुस १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्