Kathmandu Press

गंगालालले बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्ने

काठमाडाैं, पुस १ : सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ (परीक्षण) गर्ने भएको छ । केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको...
गंगालालले बूढानीलकण्ठका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्ने

काठमाडाैं, पुस १ : सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ (परीक्षण) गर्ने भएको छ । 

केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ गर्ने भएको हो। केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ गर्न थालिएको बताए।

उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गर्न थालिएको हो। ‘बाथमुटुको रोग कति छ भनेर हेर्न हामीले परीक्षण गर्न थालेको हौं,’ उनले भने, ‘आगामी सोमबार (यही पुस ६ गते) देखि विद्यालयमा नै गएर हामीले बालबालिकाको मुटुको परीक्षण गर्नेछौं।’ 

Hardik ivf

उनले बालबालिकामा बाथ मुटुरोगको समस्या देखिने भएकाले स्क्रिनिङ गर्न थालिएको बताए। सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उनले बताए। केन्द्रका मुटुरोग विशेषज्ञ डा. कुन्जन शेर्पाको संयोजकत्वमा १२ जना टोली बनाएर प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गरिनेछ।

खेलाडीको स्क्रिनिङ गर्दा दुईजनामा मुटुको समस्या

यसअघि केन्द्रले अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) सँग मिलेर फुटबलका राष्ट्रिय खेलाडीको मुटुको अवस्थाको परीक्षण गरेको थियो। उनले २०० जना खेलाडीको फुटबल खेल्नुभन्दा अगाडि मुटुको परीक्षण गरिएको बताए। ‘फुटबल खेल्नुभन्दा अगाडि खेलाडीको मुटुको अवस्था कस्तो छ।

खेल्न सक्छन् कि सक्दैनन् भनेर हामीले मुटुको परीक्षण गर्‍यौं,’ उनले भने, ‘परीक्षण गर्दा एकजनामा बाथ मुटु रोग लागेको र अर्को एक जनाको मुटुमा प्वाल परेको थियो। ती दुईजना उपचारपछि घर फर्किसकेका छन् ।”

दुई जनामध्ये एकजना पुनः फुटबल खेलिरहेका र अर्का एक जना तीन महिनापछि फुटबल खेल्न सक्ने उनले बताए। मुटुको रोगका कारणले खेल्न सक्छ वा सक्दैन भन्ने परीक्षण गरिएको उनको भनाइ  थियो । 

यस्तै केन्द्रले २०० शय्याको बालमुटु शय्या बनाउन थालिएको उनले जानकारी दिए। ‘डिजाइनको काम सुरु भएर निर्माणको प्रक्रियामा रहेको छ,’ उनले भने। 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, पुस १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्